रास्वपाका उम्मेदवार मिलनको जमानत जफत

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ । उनले चौथो स्थानमा रहँदै पाँच हजार ५० मत ल्याए । निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो ।

६९ हजार ३७४ मत खसेकोमा ९०२ मत बदर भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ । इलाम–२ मा आफ्ना उमेदवारलाई जिताउन रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलगायत पार्टीका शीर्ष नेता इलाम पुगेका थिए । तर उनीहरूले दाबी गरेजस्तो परिणाम इलाम–२ मा देखिएन । इलाम–२ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *