टाउको जोडिएका जुम्ल्याहाको ६२ वर्षमा निधन

जन्मिंदै टाउको जोडिएका जुम्ल्याहा लोरी शापेल र जर्ज शापेलको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको फिनाडेल्फियामा उनीहरुको मृत्यु भएको हो । अन्तिम संस्कार गर्ने संस्थाले उनीरुको मृत्युको काण भने खुलाएको छैन । मेयो क्लिनिकमा सर्जरी विभागका प्राध्यापक डाक्टर क्रिस्टोफरक मोयरले हालसम्म शरीर जोडिएका ६ वटा जुम्ल्याहाको सफल शल्यक्रिया गरेर अलग गर्न सफल भएका छन् । तर, उनले यसरी टाउको जोडिएका जुम्ल्याहाको भने हालसम्म शल्यक्रिया गरेका छैनन् । उनका अनुसार यदि लोरी र जर्जमध्ये एकजनाको पहिले मृत्यु भयो भने त्यसको केही बेरमै अर्कोको पनि मृत्यु पक्का थियो । किनकि यसरी शरीर जोडिएका जुम्ल्याहा अर्थात् कन्ज्वाइन्ड ट्वीन्सको शरीरमा साझा रक्तसञ्चार हुन्छ। डाक्टर मोयरका अनुसार यसअघि यदि कसैले चमत्कारिक रुपमा जर्ज र लोरीको शल्यक्रिया गरेर टाउको छुट्याइदिएका भए पनि उनीहरु यति लामो समयसम्म जिवित रहन गाह्रो थियो । शल्यक्रियापछि तत्कालै कुनै एक जनाको मृत्यु हुनसक्थ्यो ।

लोरी र जर्ज वास्तवमा अनुमानभन्दा धेरै लामो समयसम्म बाँच्न सफल भए । उनीहरु क्रानियोपेगस ट्वीन्स थिए । अर्थात् उनीहरुको टाउको आपसमा जोडिएको थियो, जुन दुर्लभ हुन्छ। गिनिज बुकको विश्व रेकर्डमा उनीहरु दुवैलाई दोस्रो स्थानमा राखिएको थियो । अर्थात् सबैभन्दा लामो समयसम्म बाँच्ने टाउको जोडिएका जुम्ल्याहाको सूचीमा उनीहरु दोस्रो स्थानमा थिए । उनीहरुको टाउकोको हिस्सा आपसमा जोडिएको थियो र उनीहरु विपरीत दिशामा देख्दथे । दुवै जनाको शरीर पनि पूर्णरुपमा सामान्य थिएन । जर्ज जन्मिने बेलामा छोरी थिए । तर, सन् १९९० मा उनको नाम रेबा राखियो । जाँचका क्रममा उनी समलिंगी भएको पत्ता लाग्यो । टाउको जोडिएका भए पनि उनीहरुले आफूलाई फरक(फरक व्यक्तित्वको रुपमा लिन्थे । उनीहरु फरक(फरक जीवन बाँचेका थिए । लोरीले सन् १९९७ मा एक डकुमेन्ट्रीमा भनेकी थिइन्( हामी दुवै जना फरक(फरक मानिस हौं । हामी संसारमा मात्र एउटा अंगले जोडिएर आएका छौं । हामी जन्मैदेखि यस्तै छौं । त्यसैले मानिसहरुले के बुझ्नुपर्छ भने हामीहरु दुवैजना शक्तिशाली मानव हौं । लोरीका अनुसार उनी र जर्जबीच जोडिएको टाउको बाहेक अरु धेरै चिजहरु छन् । लोरीले एउटा अस्पतालमा लन्ड्रीमा सन् १९९० सम्म काम गरिन् । जबकि जर्जले चाहिं वाद्यवादन गर्दथे । सन् १९९७ मा उनले लस एन्जल्स म्युजिक अवार्ड प्राप्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *