नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घट्दै १ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *