अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा प्रहरी अपरेसन

अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीले विद्यार्थी आन्दोलन नरोकिएपछि मंगलबारदेखि प्रहरीलाई परिचालन हुन अनुमति दिएको छ । यसबारेमा वक्तव्य जारी गर्दै युनिभर्सिटीले भनेको छ, आज राति ९ बजेपछि युनिभर्सिटीको अनुरोधमा न्युयोर्क प्रहरी युनिभर्सिटीमा प्रवेश गरेको छ । यो फैसला हाम्रो समुदायले सुरक्षा बहाल गर्न गरेको हो । प्रदर्शनकारीले आफ्नो प्रदर्शनलाई अघि बढाउने र यसलाई अप्ठेरो अवस्थामा पुर्याउने विकल्प रोजेको युनिभर्सिटीले जनाएको छ । हामीलाई रातारात थाहा भयो कि हेमिल्टन हलमा कब्जा गरिएको तोडफोड भएको छ । त्यसलाई रोक्न प्रहरी बोलाउनेभन्दा हामीसँग अर्को विकल्प थिएन, युनिभर्सिटीले भनेको छ, कोलम्बियाका सुरक्षाकर्मीलाई भवनबाट बाहिर निकालिएको छ । हाम्रो फेसिलिटी टिमका एक सदस्यलाई धम्की दिइएकोे छ ।

हामी हाम्रो समुदायका सदस्यलाई सुरक्षाको जोखिममा पार्न चाहदैनौँ । युनिभर्सिटीको ट्रस्टिजको बोर्डसहित लिडरसिप टिमले पूरा रात र बिहान पनि बैठक गरेर न्युयोर्क प्रहरीलाई सुरक्षाको जिम्बेवारी दिने निर्णय गरिएको समाचारमा उल्लेख छ । युनिभर्सिटीले आफ्नो युनिभर्सिटी बाहिरका मानिस आएर तोडफोड गरिएको जनाएको छ । युनिभर्सिटीको आग्रहअनुसार न्युयोर्क प्रहरी अहिले युनिभर्सिटीभित्र प्रवेश गरेको छ । प्रहरीले त्यहाँ अपरेसन सुरु भइसकेको जनाएको छ । प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्न थालिसकेको जनाइएको छ । प्यालेस्टाइन पक्षको समर्थनमा करिब दुई साताअघि सोही युनिभर्सिटीबाट अमेरिकामा विद्यार्थी आन्दोलन सुरु भएकोमा अहिले उक्त आन्दोलन देशैभरी फैलिइरहेको छ । बीबीसी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *