नेप्से परिसूचकमा उकालो यात्रा कायमै,आज २५.९३ अंकले बड्यो

काठमाडौं । आज (मंगलबार ) नेप्से परिसूचक २५.९३ अंकले बढेको छ ।

मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ । यस्तै आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ । आज दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको थियो । आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो । यसैगरी आज ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७.६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले मूल्य बढेको थियो ।

त्यसैगरी आज सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मुल्य ७.१८ प्रतिशतले घटेको छ । आज फाइनान्सबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको थियो । आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *