देशलाई निकास दिन कांग्रेस र एमाले एक ठाउँमा उभिनु पर्छ ः कोइराला

काठमाडौं । बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं– १ को सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको भन्दै निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् । कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने भन्दै राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको पनि बताएका छन् ।

कोइरालाले २०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले २०७० को दोस्रो संविधानसभामा कांग्रेस र एमाले एकै ठाउँमा उभिए पछि संविधान जारी भएको स्मरण गर्दै जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए । उनले सहकारी ठगिमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि स्पष्ट पारे । उनले कांग्रेसले गृहमन्त्रीको राजिनामा नमागेको भन्दै संसदिय समिति मार्फत छानबिन पछि सहकारी ठगिमा संलग्नता नदेखिए गृहमन्त्री रहिरहने भन्दै तर संसदीय समिति बनाउन सरकार किन डराएको भन्ने ? । अर्को प्रसङ्गमा कोइरालालले पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने भन्दै पार्टीका सबै आपसी मनमुटाव बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिश्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको भन्दै त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधै हिडिराख्नु राम्रो नहुने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *