रारामा रिसोर्ट निर्माणका लागि सम्झौता

काठमाडौं । रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएको छ । हालै सम्पन्न लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलिया संग १ अर्ब १० करोड रुपैयाँको लागतमा रारामा अत्याधुनिक रिसोर्ट निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यसैबीच रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन् । पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने उनको भनाइ छ ।

नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिने बताए । प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वाससमेत दिलाएका छन् । रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *