भक्तपुर जिल्ला बचत संघको २०औँ स्थापना दिवस, चमेली साकोस ,शुभकामनालाई सम्मान प्रदान

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २०औँ स्थापना दिवसको उपलक्ष्यमा “सहकारीमा देखिएका पछिल्ला चुनौती तथा समाधानका उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर बैंक्वेटमा सम्पन्न भयो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले केही समस्याग्रस्त सहकारीहरुलाई सहजीकरण गरी पुनः सञ्चालनको वातावरण बनाउन सबै लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐनमा भएका व्यवस्थाहरुको कार्यान्वयनमा ल्याउन सरकारले ऋण असुली न्यायधीकरण बैशाख मसान्त भित्र आउने तयारी भइरहेको छ भन्दै नेपाल राष्ट्र बैंक ऐन संशोधनले सहकारीको अनुगमन तथा सुपरीवेक्षणका लागि बाटो खुल्ला भएको बताउनुभयो । समस्या सँगै समाधान पनि हुने भएकोले सकारात्मक सोचबाट छलफल तथा अन्तरक्रिया गरी निचोडमा पुग्ने उहाँको भनाइ थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजूले सो कार्यक्रमको अध्यक्षता गर्दै स्थापना दिवसमा संघको सबल, कमजोरी, चुनौती र अवसरको समीक्षा तथा विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर जिल्लामा तुलनात्मक रुपमा अरु जिल्ला भन्दा कम मात्र सहकारी समस्या देखिनु, सहकारी ऐनमा संशोधनको प्रस्तावित व्यक्तिगत बचत रु.२५ लाख सीमालाई हटाउन, तरलता बाणिज्य बैंकमा मात्र रहने व्यवस्थालाई हटाउन, मालपोतमा रोक्का दस्तुर हटाउन यस संघ समेतको सहभागितामा सफल भएको उहाँले बताउनुभयो । यस संघमा आबद्ध नभएका केही सहकारीमा समस्या पर्नु, सहकारीका समस्या समाधानमा नेपाल राष्ट्र बैंकले अंकुश लगाउने वातावरणको सिर्जना हुनु राम्रो पक्ष नभएको उहाँको भनाइ थियो । उहाँले हालको चुनौतीलाई अवसरको रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै उहाँले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने, ल्ँच्क् को पालना लगायतको नियम कानुनको पालना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सोही संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले समय सापेक्ष विषयमा अन्तरक्रिया कार्यक्रम सहित स्थापना दिवस मनाएकोमा खुशी व्यक्त गर्दै अहिले ऋण लगानी गर्दा पनि समस्या ऋण लगानी नहुँदा पनि समस्या देखिएकोले यसले संस्था सञ्चालनमा जटिलता थपेको बताउनुभयो । कार्यक्रममा त्यसै संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरूले सो संघ स्थापनाको चर्चा गर्दै सहकारीमा वित्तीय क्षेत्रले मात्र बढी प्राथमिकता पाउँदा सहकारीको अवधारण र सिद्धान्तको बुझाइमा कमजोर रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सो संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीमा सुशासनको पालना नहुँदा पछिल्ला समस्याहरु देखिएतापनि सुशासन पालना गराउने निकायले कार्वाहीमा तदारुकता नदेखाउँदा समस्या बढ्दै गएको बताउनुभयो । सदस्य संस्थाहरुसँग अन्तरक्रिया सहित सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही संघका सचिव जगनाथ प्रजापतीले गर्नु भएको थियो ।
बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहकारीमा देखिएका पछिल्ला चुनौती र समाधानका उपायहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुदैं हालको परिस्थितिमा सहकारी संस्थाले नाफालाई जोड नदिई सदस्य माझमा समस्याको निकाश खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सर्ज आइ विजनेश सोलुशन प्रा.लि.का ईश्वर पलिखेलले सहकारीले सम्बन्धित निकायमा पठाउनु पर्ने प्रतिवेदन एकै क्लिकमा सबै निकायमा पठाउन, कर्जाको सूचना र संघबाट सदस्यको डिजिटल अनुगमन समेत गर्न सकिने गरी विकास गरेको सफ्वेयरको प्रस्तुतीकरण गर्नुृभयो । कार्यक्रममा सो संघका सदस्य संस्थाहरुबाट १७३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसायलाई पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि २०७८ बमोजिम जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक नगरपालिका.१ बिरुवा , चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सयपत्री बचत तथा ऋण सहकारी संस्था लि।,चाँगुनारायण नगरपालिका. ९, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर नगरपालिका. २ व्यासी, सुर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार शुभकामना बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक र मध्यपुरथिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुरथिमि नगरपालिका ८ लाई पुरस्कृत गरियो । कार्यक्रममा ६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर नगरपालिका ९,च्याम्हासिंह, कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुर नगरपालिका १०, कमलविनायक, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर नगरपालिका २, व्यासीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *