डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन आयोगले बुझायो प्रतिवेदन

काठमाण्डौं । विद्युतको डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन गर्न गठित आयोगले प्रतिवेदन बुझाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्र लाल नेतृत्वको आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हो । आयोगका अध्यक्ष लालले प्रतिवेदन बुझाएका हुन् ।

गत पुस २४ को मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा ३ सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगका सदस्यमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे सदस्य थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *