सिङ्गो मुलुक डढेलोको चपेटामा, प्रधानमन्त्री र गृहमन्त्री मस्त निन्द्रामा

काठमाडौँ । अहिले नेपाली जनताले आफ्नो देशमा सरकार नहुनुको पीडा भोगिरहेका छन । प्रकृतिबाट समेत पीडित जनतालाई सुशासन, न्याय र नागरिक हक प्रत्याभुतिको चर्काे स्वरले कानै टट्एको छ । तर व्यवहार हेर्दा सरकार भएको अनुभुति कतै पनि हुँदैन । झण्डै एक महिना भन्दा बढी समयदेखि देश अनेक प्राकृतिक विपत्तिको शिकार भइरहेको छ । आगलागी , सडक दुर्घटना , आँधीहुरीले खपिनसक्नु समस्या उत्पन्न गरेको छ । समस्यामा पर्नेहरुले स्वभाविक रुपले उद्धार र राहतको अपेक्षा गर्दछन् । तर जनताको त्यो अपेक्षालाई संवोधन गर्ने न कुनै निकाय छन्, नसंस्था । केही विकल्प नभेटेपछि तिनको हातमा निराशा र कुण्ठा मात्र हात लागछ । तथापि, समयक्रममा त्यहि निराशा र कुण्ठा आक्रोशको अग्निज्वाला बन्न सक्छ । भन्ने अनेक उदाहरण छन यो संसारमा ।

अहिले देश आगालागिको डरलाग्दो चपेटामा परेको छ । राजधानी काठमाडौँ उपत्यकाको गोदावारी क्षेत्रमा लागेको आगो निभाउन गएका तीन जनाको मृत्यु भएको छ । तर आफुलाई काविल गृहमन्त्री दावी गर्ने रवि लामीछाने भने जनताको त्यो पीडा अझै थाहा पाएका छैनन् । उनी आफ्ना कुकर्म लुकाउन अर्काे कुनै स्टन्ट गर्ने तयारीमा छन् । झण्डै एक महिना अघि कर्णली क्षेत्रको जंगलमा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन जना जवानको उपचार नै नपाइ मृत्यु भयो । शान्ति सुरक्षा र जनताको जीउधनको रक्षाको दायित्व वोकेको गृहमन्त्रालय मुक दर्शक बनेर बस्यो । आफुलाई गृहमन्त्रालय नै चाहिन्छ भन्ने जिरह गरेर त्यो मन्त्रालय हात पारेका गृहमन्त्री अहिले गुमनाम छन् । यो मौसम आगलागीको हो । कुनै एक व्यक्तिको सानो असावधानीले गर्दा जंगलमा आगो लाग्नसक्छ । त्यो आगो बस्तीसम्म फैलियो भने गाउनै सखाप हुनसक्छ । त्यसैले जनतालाई सचेत गराएर सावधानी अपनाउन तिनीहरुलाई सुचना , पाठ्यसामाग्री उपलब्ध गराउने , रेडियो टेलिभिजन मार्फत सुचित गर्ने अभिमारा पनि सरकारी निकायकै हो । कदाचित दुर्घटना भइहाल्यो भने त्यसबाट बच्न बचाउने, उद्धार गर्ने कार्यका लागि अग्रसर हुने स्वयमसेवी टोली निर्माण गर्ने स्थानीय सरकारसँग सहकार्य गर्ने काम पनि गृहकै हो । तर अहिले गृहमन्त्रालय नै मन्त्री विहीन जस्तो हालतमा छ । गृहमन्त्री आफ्नो सहकारी ठगिको प्रकरणबाट बच्न आफ्ना विश्वस्त अनुचरलाई प्रयोग गरी अनेक नाटक गर्ने तल्लिन छन । त्यसको पछिल्लो कडीको रुपमा सिधाकुरा डटकमको डार्कसाइट प्रकरण सतहमा देखिएको छ । वर्तमान गृहमन्त्री कै अन्तरंग भित्र युवराज कडेल मार्फत मन्त्रीले आफ्ना विरोधीलाई ठेगान लगाउन एउटा नक्कली स्टिङ अपरेशनको नाटक मञ्चन गरेका छन । आधीहुरीको चपेटामा परेका आगलागिका घटनाका पीडितको रोदन सु्न्ने तिनलाई उद्धार गर्ने र उचित राहत उपलब्ध गराउने दिशातिर त गृहमन्त्री र मन्त्रालयको ध्यानै गएको छैन । गृहमन्त्री मात्र नालायक होइनन् अहिले स्वयम प्रधानमन्त्री र मन्त्रिपरिषद नै निकम्म सिद्ध भएको छ । प्रधानमन्त्री पनि आफ्नो गृहमन्त्रीका कालाकर्तुतलाई छोप्ने काममा अहोरात्र लागि परेका छन । मन्त्रीहरुले कामयावी प्रदर्शन गर्ने नसके सचेत गराउने त्यति गर्दा पनि अपेक्षित परिणाम दिन नसके मन्त्री नै फेर्ने अधिकार प्रधानमन्त्रीलाई छ तर प्रधानमन्त्री एकसुत्रीय कार्यक्रम छ सरकार बचाउने । प्रधानमन्त्रीले पटक पटक गृहमन्त्रीको सहकारी ठगी प्रकरणमा यो विषय नउठाउन र उठाउनेहरु वर्तमान गठबन्धन भत्काउन चाहना राख्नेहरु हुन भनेका छन । प्रधानमन्त्रीले बन तथा वातावरण मन्त्री , गृहमन्त्री वा अरु कुनै मन्त्रीलाई पनि आफ्नो काम तदारुकताका साथ पुरा गर्न निर्देशन दिएको जानकारी कतैबाट पनि आएको छैन । झिना मसिना कुरामा समय वर्वाद गर्ने , आफ्ना मन्त्रीको काला कर्तुत छोप्ने काममा व्यस्त प्रधानमन्त्रीबाट जनताले अरु आशा नै के राख्नु र ।

हुन त मुलुक प्राकृतिक प्रकोपको शिकार भएको यो पहिलो पटक होइन । यसअघि पनि मौसम अनुसार कहिले आगलागी , कहिले वाढी पहिरो , कहिले भुकम्प आदि घटनामा सरकारलाई चुस्त सेवा दिने निकायको रुपमा परिचालन भएको थिएन। तर यस पटक झैँ सरकार नै नभएको जस्तो अवस्था भने यस अघि कहिल्यै थिएन । अहिले त सरकारलाई देशभरिमा कहाँ कति ठाउँमा आगलागी भयो , कति जंगल विनाश भयो, कति घरगोठ जले कति पशु चौपाय, नगद जिन्सी जल्यो ,त्यसभन्दा पनि महत्व पुर्ण कुरा आगलागीमा परेर , आगो निभाउन जाँदा कति व्यक्तिले ज्यान गुमाउनु पर्यो भन्ने जानकारी समेत छैन । अर्थात आगलागी , आधीहुरी वातावरण प्रदुषण , तुवाँलो र कुइरोको प्रकोप आदिबारे यो सरकार पुर्णत : बेखबर छ ।

दुईदिन देखि पोखरा विमानस्थलमा एउटा पनि विमान उत्रिन सकेको छैन। धनगढी , नेपालगंज , विराटनगर लगायतका विमानस्थलमा विमान उत्रनसक्ने अवस्था नै छैन । नेपालको सम्पुर्ण आकाश तुवालोले ढाकिएको छ । चुरेको पूरै जंगलबाट धुवाँको मुस्लो निस्किरहेको छ । पहाड र तराइमा आज एउटा त्यस्तो जंगल छैन जहाँ आगो नलागेको होस । यस्तो स्थितिमा सुरक्षा निकायलाई परिचालन गरी आगो नियन्त्रण गर्ने , आगालागी पीडितको उद्धार गर्ने निकाय नै निकम्म भएपछि के गर्ने ? सामाजिक सञ्जाललाई फोहोर गरेर गृहमन्त्री र उनको पार्टीको वखान गर्नेहरुलाई थोरै पनि पीडा भएको छ भने आफ्नो भगवानको आखाँ खोलिदिनु पर्ने हो , अब कित गृहमन्त्री लामीछानेले काम गर्नुपर्छ कि मन्त्री पदबाट त्यागपत्र दिनुपर्छ । दु्ई मध्ये कुनै एउटा काम भएन भने जनताले सडकमै आएर गृहमन्त्रीको कठालो समात्ने छन । प्रधानमन्त्री र वर्तमान गठबन्धन सरकारलाई ठेगान लगाउने छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *