सिप्रदियन सहायता संस्थाले पर्वतमा विद्यालय भवन बनाउन सहयोग

काठमाडौं । सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाले पर्वतमा विद्यालय भवन निमार्णमा आर्थिक सहयोग गरेको छ । जिल्लाको तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि संस्थाले पाँच लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सिप्रदीयन सहायता संस्थाकी कार्यसमिति सदस्य शारदा राणा र संस्थाका आजीवन सदस्य सावन्तजंग सिजापति उपस्थित थिए ।

यस्तै संस्थाका प्रतिनिधि रजत श्रेष्ठ र बिमल गौतमको उपस्थितिमा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विशाल महतलाई रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । सन् २०१२ देखि कार्यशील सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा गैरराजनैतिक सामाजिक संस्था हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *