सूर्यज्योति लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९।०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा,नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९।०८० को नाफा,नोक्सान हिसाव, नगद प्रवाह विवरणहरु छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०।०८१ को लागि श्री सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतका दरले हुने रकम ४६ करोड ६३ लाख ७५ हजार छ ६९७।४६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर वितरण पश्चात् हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरी ५ अर्ब ०१ करोड १९ लाख ४७ हजार ७९७।४६ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको २४.७४ प्रतिशतका दरले हुने रकम १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *