द डार्क फाइल प्रकरणमा कान्तिपुर र अन्नपूर्णका प्रकाशकसँग लिखित जवाफ माग

काठमाडौं । सिधाकुरा डटकमले प्रकाशन गरेको अडियो सामग्रीमा नाम जोडिएका ६ जनालाई आफ्नो लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

हरिप्रसाद फुयाँल र महेश शर्मा पौडेलको संयुक्त इजलासले अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोस्टका पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन एसपी सञ्जय थापा र किशोर विष्टलाई ७ दिनभित्र प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई अवहेलना मुद्दामा कारबाहीको माग गर्दै रिट दायर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *