गण्डकी सरकार विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् । गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

आइतबार ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले पाएको ३० मतलाई नै बहुमत पुगेको भन्दै सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *