रास्वपाद्वारा सहकारी प्रकरणमा छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

आज (मंगलबार) बिहान सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो । उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो नहुने र यस विषयमा समर्थन गर्न नसकिने निर्णय भएको रास्वपा संसदीय दलका सचेतक निशा डाँगीले बताए ।

‘उजुरी दिएकै भरमा संसदीय छानबिन समिति बनाउन मिल्दैन । त्यसको औचित्य छैन,’ उनले भने, ‘सभामुखले बोलाएको छलफलमा समर्थन गर्न सक्दैनौँ भनेर कुरा राख्ने निर्णय भएको छ ।’ उनले बताएका थिए । सभामुखले बलाएको शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *