लामिछाने सहकारी प्रकरण- छानबिन समिति बनाउन कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेको छ ।

आज (मंगलबार) सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समिति गठन हुनुपर्ने पुरानै माग दोहोर्‍याएको हो । तर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले भने छानबिन समिति आवश्यक नभएको बताएका छन । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने मत राखेका थिए ।

’संसदीय छानबिनको माग राखेका छौं आगामी अधिवेशनमा प्रस्तुत हुँदा सरकारले सम्बोधन गर्छ ।’ बैठकपछि कांग्रेस प्रमुख सचेतकले भने, । हामीले संसदीय छानबिन समितिको कुरा राखेका छौं’, लेखकले भने ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले सहकारीको समग्र विषयमा संसदीय समिति बनाउने वा भएकै समितिबाट छानबिन गर्न सकिने निर्णय नभएको बताए । उनले भने, ‘गृहमन्त्री लक्षितमात्र रहेर समितिको कुरा गरिरहुनुभएको छ, त्यो सम्भव छैन ।’ गृहमन्त्रीलाई जवाफ दिनका लागी समय दिनुपर्ने एमाले प्रमुख सचेतक बर्तौलाको भनाई छ, ‘पहिला गृहमन्त्रीलाई सुनौं, त्यसपछि के गर्ने भन्ने छलफल गरौंला ।’उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *