विजय डिष्टिलरीले गर्यो २ अर्ब बढीको व्यापार

काठमाडौं । गोल्डेन ओक ह्वीस्कीसहित अन्य विभिन्न ब्राण्डको मदिरा बेच्ने विजय डिष्टलरीले २ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२२ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ५४ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ८२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गत रहेको कम्पनी सन् २०१३ मा स्थापना भएको थियो । मदिरा उत्पादन र बिक्री वितरणमा चार दशकभन्दा बढी अनुभव भएको ग्रुपको विजय डिष्टिलरीले नेपालमा विभिन्न ११ ब्राण्डका मदिरा बिक्री विरतण गर्दै आएको छ । कम्पनीले नेपालमा ६ वटा ब्राण्डमा ब्राउन स्पिरिट, चार वटा स्वदेशी र एउटा अन्तर्राष्ट्रिय ब्राण्डको ह्वाइट स्पिरिटको मदिराको व्यापार गर्दै आएको छ ।

विजयकुमार शाहको पूर्ण स्वामित्व रहेको कम्पनीले हालैमात्र परासी जिल्लामा ब्लेन्डिङ र बोटलिङ उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । देशभर २४० वटा सब डिलर रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७३ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले उत्पादन गरेको मदिरामध्ये रुस्लान भोड्काको बजारमा उच्च माग छ । कम्पनीले उत्पादन गरेको रुस्लान, ब्लु डाइमण्ड, गोल्डेन ओकको बजार निकै राम्रो रहेको जनाएको छ । साथै कम्पनीले कालापथ्थर ह्वीस्की र स्काई भोड्का पनि बजारमा सार्वजनिक गरेको छ । उक्त प्रोडक्टको पनि बजार माग बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनी अनुसार सन् २०२३ मा गरेको व्यापारमध्ये दुई वटा प्रोडक्टको हिस्सा ६८ प्रतिशत रहेको उल्लेख छ । सन् २०२२ सोही प्रोडक्टको हिस्सा ८८ प्रतिशत थियो । त्यस्तै कम्पनीको चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम मदिराको केस बिक्री भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *