सहकारीमा राजनितिकरण भयो,पाटी भित्र पनि गुटउपगुट भयो ः अध्यक्ष उप्रेती

काठमाण्डौं । नेफस्कूनले आयोजना गरेको लेखा समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र जसअपजस पनि सहकारीबाटै लिने बताए । उनले सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए । उनले भने,‘ सहकारीमा राजनितिकरण भयो,पाटी भित्र पनि गुटउपगुट भयो र खुट्टा तान्ने काम गरे , यसले अभियानलाई फाइदा पुग्दैन ।

आफुले जीवन नै सहकारी अभियानमा विताएकाले जसअपजस पनि अभियानबाटै लिन्छु । ’ ‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा भयो, जुन दुखद हो,’ उनले गुनासो गर्दै भने । उनले सहकारीको समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे । सरकारले सहकारी बचाउन एउटा कोष गठन गर्न सकेको भए यसले सदस्यमा सकरात्मक सन्देश दिने बताए । सरकारले कोष बनाएर सहकारीलाई सहयोग गर्यो, सरकारले पनि सहयोग गर्ने रहेछ भन्ने सकरात्मक सन्देश सदस्य माझ पुग्ने उनले धारणा राखे । सहकारीमा विश्वासको वातावरण सृजना गर्न राज्य र अभियानसँगै जानु पर्नेमा उनको जोड छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *