बोटलर्स नेपालले ६ महिनामा गर्‍यो साढे ४ अर्बको व्यापार

काठमाडौं । कोकाकोला, स्प्राइट, फ्यान्टा र किनले ब्राण्डको पेय पदार्थको व्यापार गर्दै आएको बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा ४ अर्ब ५९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

नेपालको लागि आधिकारिक बिक्रेता बोटलर्स नेपालमा ७६ प्रतिशत हिस्सा एम,एस कोका–कोला साउथवेस्ट होल्डिङको र गोर्खा ब्रुअरी प्रालिको २२ प्रतिशत स्वामित्व छ । नेपाली बजारमा पेय पदार्थ सेग्मेन्टमा ठूलो हिस्सा ओगटेको कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । नेपालको सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा स्थापित कम्पनीले वार्षिक अर्बौं रुपैयाँ सरकारलाई कर दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *