विनोद चौधरीको पुस्तक अमेरिकाको ‘इन्भेस्ट क्लब इभेन्ट’मा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सदस्य, समाजसेवी एवं डलर अर्बपतिसमेत रहेका उद्योगी विनोद चौधरीको पुस्तक ‘मेकिङ इट बिग एमबीआई’ बिलिनियर्स डटकममा प्रमुखताका साथ प्रदर्शनमा राखिएको छ । अमेरिकाको न्युयोर्कमा ७ मेदेखि ९ सम्म भएको ‘इन्भेस्ट क्लब इभेन्ट’ का क्रममा उनको पुस्तक बिलिनियर्स डटकममा प्रदर्शनमा राखिएको हो । चौधरीले यसबारे खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल एक्स(ट्वीटर)मा लेखेका छन् ।

बुधबार ट्विटरमा चौधरीले उल्लेख गरेका छन्, ‘मेरो पुस्तक मेकिङ इट बिग लाई न्युयोर्कमा भएको कार्यक्रम इन्भेस्ट क्लब इभेन्टमा प्रमुखतासाथ प्रदर्शन गरिएको कुरा सेयर गर्न पाउँदा हुसी लागेको छ । न्युयोर्कको उक्त कार्यक्रममा विश्वभरका नेता तथा उद्यमीहरुले चासो दिएका थिए । यसका लागि उनले धन्यवाद दिनुका साथै आफू धन्य भएको प्रतिक्रिया दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *