अध्यक्ष यादवको कार्यशैलीका कारण दल विभाजन गरी नयाँ दल बनायौं: नेता राई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टीको नेतृत्व गरिरहेका नेता अशोक कुमार राईले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण दल विभाजनको गर्नुपर्ने अवस्था सृजना भएको बताएका छन ।

महाअधिवेशनमा अध्यक्षले एकलौटी गर्ने देखिएपछि दल विभाजनमा पुग्नु परेको र दल विभाजनले सरकारको स्थायीत्व कुनै असर नगर्ने राईले बताए । उनले आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको समेत बताए । राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउदै पारदर्शिता समेत नहुने गरेको बताए । महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताएका छन् ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *