एभरेष्ट र ज्योति विकास बैंकमा तोडफोड गर्ने चारजना पक्राउ

काठमाडौं । झापाको बिर्तामोडस्थित एभरेसष्ट बैंक र ज्योति विकास बैंकमा बिहीबार तोडफोड गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पवन दुलाल, जितेश राई, मनकुमार तामाङ र सञ्जय राई छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

बैंकको ऋण तिर्न दबाब दिइएको भन्दै उनीहरूले तोडफोड गरेको खुलेको छ । उनीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानमा संलग्न युवा रहेका प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *