आज सेयर कारोबार बन्द

काठमाडौं ।  साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ । संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ । 

मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक ३३.९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो । जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *