प्रचारप्रसारमा खटिएकी नेकपा एमालेकी एक महिलाको हत्या

काठमाडौं । रुकुम पूर्वमा चुनावी प्रचारप्रसारमा खटिएकी नेकपा एमालेकी एक महिला कार्यकर्ताको हत्या भएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको शव भेटिएको हो ।

वैशाख १९ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेको थियो । झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । झडपपछि हराएकी जुनमायाको शव मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको हो ।

शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा जुनमायाको पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले हत्या आरोपमा सो गाउँपालिकाका कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढालाई पक्राउ गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *