ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

काठमाडौं । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् । प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा उनलाई किचेको थियो ।

ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *