जनता स्टोरद्वारा ग्राहकलाई प्रोत्साहनस्वरुप उपहार र नगद

काठमाडौँ । जनता बचत तथा ऋण सहकारी संस्थाद्वारा प्रवद्र्धित जनता स्टोरले ग्राहकहरुलाई प्रोत्साहन स्वरुप उपहार र गिफ्ट भौचर प्रदान गरेको छ । जनताको लगानी जनताकै आम्दानी भन्ने मूल नारा सहित सञ्चालित स्टोरमा २०७८ श्रावण देखि २०७८ चैत्र मसान्त भित्र कम्तीमा दश हजार रुपैयाको सामान खरिद गर्ने ग्राहकहरुलाई जनता स्टोरले सामान वितरण गर्नुका साथै आ.व २०७.७८ को खरिद कर्ता प्रोत्साहन कोषबाट रकम वितरण गरेको हो ।

प्रति दश हजार बराबरको सामान खरिद गर्दा ग्राहकलाई एउटा लक्की ड्र उपलब्ध गराएको थियो । नयाँ वर्षमा दिनमा छनोट गरिएको उपहार विजेताहरुलाई नगद गिफ्ट भौचर तथा सामान उपहार दिइएको थियो । लक्की ड्र मार्फत राजेन्द्र राजथला, कुष्ण राजथला, हरिप्रसाद राजथला ,कान्छीमैया राजथला,नबिन राजथला, राजन राजथला ,कुष्णगोपाल राजथला ,कान्छाभाई राजथला, र स्टार राजथला भाग्यमानी ग्राहक रहेका छन् । त्यस अवसरमा जनता स्टोर कार्यसमितिका संयोजक उज्वल राजथला, सचिव राधा कृष्ण राजथला, कोषाध्यक्ष रेशमान राजथला, सदस्य कृष्ण राजथला, सदस्य रेस्ना राजथला, सदस्य रामलाल राजथला, निरीक्षण समितिका संयोजक कृष्ण शरण राजथला, जनता साकोसका प्रतिनिधि दिनेश प्रजापति र सल्लाहकार राजेशकुमार राजथला र सुरेन्द्र प्रजापतिको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *