सात सय एक पालिकाको मतगणना सम्पन्न

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार नगरपालिकातर्फ २५२ र गाउँपालिकातर्फ ४५० को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । देशभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ । मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रलगायत रहेका छन् । काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ ।

बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *