विधेयक सर्वसम्मत पारित


काठमाडौँ । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई सर्वसम्मत पारित गरेको छ ।

प्रदेशसभाको आजै बसेको पहिलो बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले विभूषण सिफारिस तथा सम्मान पदक ऐन २०७६ लाई संशोधन गर्ने समितिमा दफावार छलफल गरी प्रतिवेदनसहित विधेयक पारित गर्न प्रस्ताव टेबुल गरेका थिए । सोही बैठकमा विभूषणसम्बन्धी ऐनमा प्रदेशसभा सदस्यहरुले थप संशोधनका लागि प्रस्ताव गरेको थिएन ।

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *