कामना सेवाका ग्राहकलाई सिद्धार्थ बिजनेसमा छुट


काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रूप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुको सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुविधा सजिलै प्राप्त गर्न सकिने बैंकले जनकारी दिएको छ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *