नेपाल बन्दको दिन काठमाडौं उपत्यकामा सामान्य प्रभाव, हेर्नुहोस् (फोटो)


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ ।

निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्न्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महंगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *