कांग्रेसको चुनाव लक्षित अभियानका लागि कुन जिल्ला को खटिए ?


नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ निर्वाचन लक्षित अभियानका लागि खटाउने केन्द्रीय प्रतिनिधि नाम तय गरेको छ । यही भदौ १० गतेबाट सुरु हुने अभियानमा कांग्रेसले ७५ जिल्लामा पठाउने प्रतिनिधिको टुंगो लगाएको हो । डोल्पा र मुगुमा खटाउने केन्द्रीय प्रतिनिधिको नाम तय भइनसकेको कांग्रेस केन्द्रीय कार्यलयले जनाएको छ । कांग्रेसले वर्तमान र पूर्वपदाधिकारी बाहेकलाई मात्र प्रतिनिधिका रुपमा खटाउने भएको छ ।
तर कांग्रेसले यसपटक मन्त्री र मुख्यमन्त्रीलाई पनि प्रतिनिधिका रुपमा जिल्ला–जिल्ला खटाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीलाई मोरङ खटाइएको छ भने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुस्ताङ पठाएको छ । कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई मकवानपुर खटाएको छ । कांग्रेसले भदौ १० देखि बीपी जयन्तीसम्म पहिलो चरणको अभियान गर्ने छ भने समानुपातिक उम्मेदवारी दर्ता भएपछि दोस्रो चरणमा थाल्ने छ । यस्तै प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि तेस्रो चरणको अभियान थालिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतको भनाइ छ । अभियानका क्रममा राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुने महतले बताए । उनका अनुसार कांग्रेस केन्द्रीय प्रतिनिधिलाई एक हप्तासम्म जिल्लाका कार्यक्रमा सहभागी हुन निर्देशन दिएको छ ।
प्रदेश –१
ताप्लेजुङमा – आङ्गेलु शेर्पा, पाँचथर – प्रदीप कुमार सुनुवार, इलाम – महेन्द्र कुमारी लिम्बु, झापा– डिला संग्रौला, संखुवासभा – उमेशजंग रायमाझी,तेह्रथुम– लक्ष्मी परियार, भोजपुर – भीम पराजुली, धनकुटा – राजीव ढुंगाना, मोरङ– ज्ञानेन्द्र कार्की,सुनसरी – अमृत अर्याल, सोलुखुम्बु – कल्पना चौधरी, खोटाङ – तारामान गुरुङ ओखलढुंगा – लक्ष्मी खतिवडा उदयपुर – बलबहादुर केसी
मधेस प्रदेश
सप्तरी – आनन्दप्रसाद ढुंगाना सिरहा – महेन्द्रकुमार राय धनुषा – नागिना यादव
महोत्तरी – मञ्जु खाण सर्लाही – दिनेश कुमार यादव रौतहट – अजयकुमार चौरसिया बारा – रमेश रिजाल पर्सा – पद्मनारायण चौधरी
बागमती प्रदेश
दोलखा – शान्ति परियार रामेछाप – हरिशरण नेपाली सिन्धुली – दिलमान पाख्रिन
रसुवा – राजेन्द्रकुमार केसी धादिङ – मदनकुमार श्रेष्ठ नुवाकोट – मदनबहादुर अमात्य सिन्धुपाल्चोक – बहादुरसिंह लामा काभ्रे – रमा कोइराला (पौडेल) चितवन – श्यामकुमार घिमिरे मकवानपुर – उमेश श्रेष्ठ भक्तपुर – अम्बिका बस्नेत ललितपुर – नानु बाँस्तोला काठमाडौं –जीतजंग बस्नेत
गण्डकी प्रदेश
गोरखा – ध्रुव वाग्ले लमजुङ – शंकर भण्डारी तनहुँ – सुरेन्द्रराज पाण्डे कास्की – प्रदीप पौडेल मनाङ – गुरु बराल मुस्ताङ – कृष्णचन्द्र नेपाली पोखरेल पर्वत – चप्पादेवी खड्का स्याङ्जा –चिनकाजी श्रेष्ठ म्याग्दी – दिनेश कोइराला बाग्लुङ –अब्दुल सतार नवलपुर – सरस्वती आर्चल (पोखरेल)
लुम्बिनी प्रदेश
नवलपरासी – मानबहादुर नेपाली रुपन्देही – योगेन्द्र चौधरी कपिलवस्तु – चन्द्रबहादुर केसी पाल्पा – अब्दल रज्जाक अर्घाखाची – डा. गोविन्द पोखरेल
गुल्मी – देवेन्द्र कँडेल रुकुम (पूर्व) – धना खतिवडा रोल्पा – मैकुलाल वाल्मीकी
प्युठान – जावेदा खातुन जागा दाङ – गोपाल दहित बाँके – दिपक गिरी बर्दिया – गेहेन्द्र गिरी
कर्णाली प्रदेश
रुकुम (पश्चि) – कृष्णकिशोर घिमिरे सल्यान –सीता देवकोटा डोल्पा – खाली जुम्ला – रंगमती शाही मुगु – कान्तिका सैजुवाल हुम्ला – खाली कालिकोट – जानकी सिंह जाजरकोट –सिताकुमारी राना दैलेख – राजीवविक्रम शाह सुर्खेत –संजयकुमार गौतम
सुदूरपश्चिम प्रदेश
बाजुरा – अर्जनजंग बहादुर सिंह बझाङ – गोविन्दबहादुर शाह डोटी – नृपबहादुर वड अछाम – रणबहादुर रावल दार्चुला – यज्ञराज जोशी बैतडी – रमेश लेखक
डडेल्धुरा – ईश्वरी न्यौपाने कञ्चनपुर – रामजनम चौधरी कैलाली – एनपी साउद रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *