हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई आइ २० कार


काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७८ अफरको बम्पर विजेता लोकेश बजा्रचार्यलाई पुरस्कार हस्तान्तरण गरेको छ । थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बजा्रचार्यलाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडककरका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आइ २० को व्यवस्था रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *