श्री लालीगुँरास बहुउदेश्यीय र स्टार सहकारीबीच एकिकरण


श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्रारम्भीक सम्झौता भएको छ । ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहकारी ऐन –२०७४ , नियमावली –२०७५ र सहकारी संस्थाको एकिकरण तथा विभाजन निर्देशिका –२०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको हो । सम्झौता पत्रमा दुई सहकारी एकिकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी लिका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट(सिए) गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट(सिए) प्रयास श्रेष्ठ रहेका छन् ।
सम्झौता लगत्तै दुई ठुला श्री लालीगुँरास र स्टारबीचको मर्जर प्रकृया शुरुवात भएको छ । ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले दुवै संस्थाका संचालक समिति, उपसमिति र शेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *