अग्नि मोटोइन्कको ’अल न्यु महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर


काठमाडौं । अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले ’अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर नेपाल भित्र्याएको छ । कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा ’नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर सार्वजनिक गरेको हो । नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कमतौल र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । उक्त डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीएदेखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ र यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *