निफ्रा बैंकको शेयर मूल्य हालसम्म कै सस्तोमा


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको शेयर मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । बैंकको शेयर मूल्य हालसम्म कै सस्तो भएको हो । पूँजी बजार निरन्तर ओरलो लागेसँगै बैंकको शेयरको भाउ पनि हालसम्म कै सस्तो मूल्यमा झरेको हो ।
आइतबार १.१० बजेसम्मको सेयर कारोबारमा बैंकको सेयर मूल्य ६.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १३.८० रुपैयाँ घटेर १ सय ८६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको १ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भइरहेको छ ।
बैंकको शेयर २०७७ फागुन २ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । प्रतिकित्ता ३ सय ४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको शेयर मूल्य अधिकतम प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकको शेयर मूल्य निरन्तर घट्दै सस्तो मूल्यमा झरेको हो
बैंकले मात्र गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट चुक्ता पूँजीको ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि बैंकले आव २०७७÷०७८ मा शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकको संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता शेयर र सर्वसाधारण समूहको ८ करोड ६४ लाख कित्ता सेयर स्वामित्व रहेको छ । बैंकको शेयर मूल्य सुरुवातमा प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेपनि हाल भने न्यूनतम मूल्यमा पुगेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *