एमालेको उम्मेदवार चयनको अधिकार अध्यक्ष ओलीलाई


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए । ‘उम्मेदवारहरुको मोटामोटी प्रस्ताव आएको छ, त्यसमाथि ब्यापक छलफल भयो’ ती पदाधिकारीले भने ।
उनका अनुसार, सिफारिस भएर आएका नेताहरुबारे व्यक्तिगत रुपमै छलफल भएको थियो । ६ घण्टा बढी चलेको बैठकले उम्मेदवारबारे ठोस निर्णय भने गरेन । ‘छलफल भयो, तर निर्णय भएको छैन’ सचिव पद्मा अर्यालले भनिन् । थप छलफल गरेर उम्मेदवार टुंग्याइने उनले बताइन् । अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिने नेताहरु सहमत भएका छन् । एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ । बाँकी निर्वाचन क्षेत्रमा एक भन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *