कर्मा ब्याण्डको ‘कारबारी छाता’


काठमाडौँ । कर्मा ब्याण्डको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा अवस्थित रन्जना सिनेप्लेक्समा एक कार्यक्रमका बिच कर्मा ब्याण्डका सुरेन्द्रमान सिंहको स्वरमा रहेको ‘कारबारी छाता’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको हो । सार्वजनिक लोक फ्लेभरको गीतमा हरी महर्जनको गिटार,अनिल शाक्यको ड्रम, बिजय श्रेष्ठको बेस गिटार समाबेश छ । दर्जनौ सफल गीत दिई सकेको कर्मा ब्याण्डको केहि वर्षको अन्तराल पछि यो गीत सार्वजनिक गरिएको हो । ब्याण्डको कहाँ होला घरबार, हुक्का मेरो,मौनतामा,यानीमाया लगायतका थुप्रै गीतले दर्शक श्रोताको मन जिती सकेको छ । सार्वजनिक कारबारी छाता’बोलको गीतमा टिकटक कम्पिटिसनको घोषणा पनि गरिएको छ । कारबारी छाता’ बोलको गीतमा टिकटक बनाउनेहरु मध्यबाट उत्कृष्ट बनाउने एक मेल र एक जना फिमेललाइ कर्मा ब्याण्डको नेक्स्ट निर्माण हुने भिडियोमा फिचर्ड गरिने कार्यक्रममा घोषणा गरिएको छ
अमेरिकामा छायाँकन गरेको भिडियोमा अभिनेत्री केकी अधिकारी,लक्षू शर्मा,इन्द्र खरेल,नन्दु मिश्र,तिला राई, दीपशिखा प्रधान फिचर्ड छन् । ड्रागन इन्सुरेन्स,सुरेन्द्र मान सिंह,केदार उप्रेतीको लगानीमा निर्माण भएको भिडियोको निर्देशन, छायाँकन र सम्पादन गायक सुरेन्द्रमान सिंहले नै गरेका हुन् । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले कर्मा ब्याण्डको गीतमा काम गर्न पाउँदा खुसी लागेको बताइन । केकी अमेरिका गयको बेला यो भिडियो छायांकन गरिएको हो । कर्मा ब्याण्डका भोकलिस्ट तथा भिडियोका निर्देशक सुरेन्द्रमान सिंहले अमेरिकामा पनि नेपाली फ्लेभरको भिडियो निर्माण गरिएको बताए । लामो समय देखि अमेरिकामा बस्दै आएका सुरेन्द्रमान सिंहले अमेरिकामा रहेर थुप्रै भिडियो प्रोडक्सनको काम गरि सकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *