गुराँस लाइफ इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१ कर सहित प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको १२औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
साधारणसभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरेको छ । साथै, सभाले आव २०७७।७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ । सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति ,उनीहरुको पारीश्रमिक निर्धाण ,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी, सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *