२८ औँ वार्षिकोत्सवकोअवसरमा एभरेस्ट बैंकको प्रभातफेरी कार्यक्रम


काठमाडौं । एभरेस्ट बैंकले २८ औँ वार्षिकोत्सवको अवसर पारेर प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बैंकका ४ सय भन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रभातभेरी बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर, नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापन भएको थियो ।
कार्यक्रमको उदघाटन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले डिजिटल बैंकिङको प्रयोगबाट ग्राहकहरूले कुनै पनि समय र स्थानबाट र्बैंकिङ सेवा लिन सक्ने कुरा बताए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले डिजिटल बैंकिङको प्रयोगबाट ग्राहकहरूले २४ घण्टा सातै दिन रकमान्तर, बिल भुक्तानी, मोबाइट टपअप, क्यूआर भुक्तानीलगायतका अन्य थुप्रै सेवा तथा सुविधा लिन सक्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *