सामसङ ग्यालेक्सी ए०४ नेपालमा सार्वजनिक हुँदै


काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो वर्ष सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यसको मुख्य आकर्षण भनेको ५० एमपी क्यामेरा रहेको छ, जसले यसलाई नयाँ युवा पुस्ताका लागि एक उत्तम फोनको रुममा प्रस्तुत गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *