हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने


काठमाडौं । हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ। यस सिलसिलामा एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डिलिङ अनुमति दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले आश्वासन दिएको छ।
एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ।
नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाइङ इजाजतपत्र प्राप्त भएपश्चात ३ नोभेम्बर बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको छ। प्रारम्भिक चरणका लागि एअरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्नेछ भने भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डिलिङ अनुमति प्राप्त भए पछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिनेछ।
सञ्चालन योजनालाई सम्बोधन गर्दै प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हामीले भैरहवाबाट नियमित उडानहरु सञ्चालन गर्न निरन्तर रुपमा लागिरहेका छौँ। हिमालय एअरलाइन्सको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सञ्चालनले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग नेपालका विभिन्न क्षेत्रहरुको अझ राम्रो कनेक्टिभिटी हुने कुरामा हामी आशावादी छौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो देशकोे साझा राष्ट्रिय गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पुर्याउने सम्भावना भएकोले यस दिशामा हामी सबैले हातेमालो गर्नुपर्दछ।
हिमालय एअरलाइन्सले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको पनि श्रेष्ठले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *