ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाको आरोप

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुनु परेको बताए छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन निर्माण भएको बताउनु भएको छ ।

आफ्नो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री बनेको देउवाले बताए । संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको उनको भनाइ छ । प्रधानमन्त्री भएको बेला ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाले आरोप लगाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *