काठमाडौं क्षेत्र नं. २ को मुहार फेर्न कुन्ती पोख्रेलले जित्नैपर्छ : शंखरापुरका स्थानीय

काठमाडौं । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका सन्र्दभमा काठमाडौं क्षेत्र नम्बर २ को चुनावी चर्चा पेचिलो बन्दै गएको छ । यस क्षेत्रमा समाजसेवा र उद्यमीबाट राजनीतिमा आएकी चर्चित युवा नेतृ राप्रपाकी केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलको उम्मेदवारीले पनि काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन चर्चित बन्न पुगेको स्थानीय बताउँछन् । चर्चासँगै उनले आफ्नो चुनावी प्रचार प्रसारलाई तीब्र बनाएकी छिन् ।

घरदैलो तथा भेटघाट कार्यक्रममा आज काठमाडौं २ को शंखरापुर नगरपालिका पुगेकी छिन् । उनले त्यहाँका स्थानीयसँग आफ्ना कार्ययोजना सुनाउका साथै स्थानीयका समस्या के छन् भनेर पनि सोधेकी छिन् । आफ्ना कार्ययोजना सुनाउने क्रममा कुन्ती भन्छिन्, ‘मैले यस क्षेत्रमा तपाईंहरु माझ खड्किएको बाटोघाटो, खानेपानी, ढलनिकास, शिक्षा, स्वास्थ, पर्यटन, धार्मिक मठमन्दिर, ऐतिहासिक पुतात्विक महत्वका धरोहरुको संरक्षण, सम्वद्र्धन र पुनर्संरचना गर्ने जिम्मा मेरो भयो तपाईंहरुले मलाई ‘हलो’मा मत दिएर जिताउनुहोस् ।’ पोख्रेल अगाडि भन्छिन्, ‘अहिलेसम्मको माहोल हेर्दा हाम्रो जित भइसकेको छ, त्यसमा तपाईंहरुको सहयोग अपरिहार्य रहने छ ।’ तपाईंहरुको यो साथ, सहयोग र समर्थन आगामी मंसिर ४ गते सार्थक बनाउनुहुने छ भन्नेमा म ढुक्क छु ।

त्यसै मेसोमा कुन्ती पोख्रेललाई भोट किन दिनुपर्ने भनी स्थानीयसँग प्रश्न गर्दा उनी बताउँछन्, ‘यस क्षेत्रमा सधैं बाहिरका उम्मेदवार आउने जित्ने, चुनावपछि हराउने गरेकाले कुन्तीजी स्थानीय र राजनीतिसँगै समाजसेवा र उद्यमी भएकाले उनको पक्षमा जनलहर उर्लेको छ, उहाँजस्ता व्यक्तिको राज्यको नीतिनिर्माण तहमा आवश्यक छ त्यसैले हामीले यसपटक उहाँलाई भोट दिने हो ।’ उनी थप्छन्, ‘कुन्ती पोख्रेलले समाजसेवामार्फत यहाँ धेरै काम गर्नुभएको छ, उहाँले २०७२ सालको महाभूकम्प, कोरोना कहरलगायत प्राृकतिक प्रकोपका बेला हामीलाई ठूलो सहयोग गर्नुभएकोछ त्यसकारण उहाँहरु जस्ता मान्छे संसद्मा जान आवश्यक भएको कुन्तीलाई ‘हलो’मा भोट दिने हो ।’ त्यस्तै ‘उहाँले समाजसेवामार्फत अभिभावकबिहीन, दुःखीपिडित बालबालिकालाई शिक्षा दिक्षा तथा खानलगाउनका लागि व्यवस्था गर्नुभएको छ,’ हामी कुन्ती पोख्रेललाई भोट दिने विचारमा छौं’, शंखरापुरका स्थानीय भन्छन् ।

शंखरापुरकै अर्की महिला भन्छिन्, ‘कुन्ती पोख्रेलले ‘महिला सशक्तिकरण अभियान’ अन्तर्गत पनि हाम्रा धेरै दिदी–बहिनीलाई स्वरोजगारमूलक सीपयुक्त तालीम दिएर आत्मनिर्भर बनाउनुभएको छ त्यसकारण पनि उहाँलाई भोट दिने हो ।’ कुन्ती पोख्रेलाई किन भोट दिने त ? भन्ने प्रश्नमा शंखरापुरका स्थानीय भन्छन्, ‘यो क्षेत्रबाट पुराना पार्टीका नेताहरु पटक–पटक दोहोरिएर भोट माग्न आए, चुनावपछि उनीहरु फर्केर आएनन् । अहिले हामीलाई पार्टी भन्दा पनि काम गर्ने मान्छे चाहिएको हो । आएकामध्ये कुन्तीजी काम गर्ने मान्छे हो भन्ने हामीलाई लागेको छ । त्यसैले पनि यसपटक शंखरापुरवासीले राप्रपाकी कुन्तीलाई ‘हलो’मा मत दिने निर्णय गरेका हौं ।’ सोही नगरपालिकाका अर्का सहभागी भन्छन्, ‘यस क्षेत्रमा पटक–पटक बाहिरबाट आएकाले हामीलाई झुक्याए, उनीहरुले केही काम गरेनन् ।

यसपटक समाजसेवी कुन्ती पोख्रेलाई भोट दिने विचार गरेका छौं । उनी यहाँकी स्थानीय पनि हुन् । उनका विचार पनि राम्रा छन् । शंखरापुरको धार्मिक नगरी भएकाले यहाँ धेरै मठमन्दिरका साथै हिन्दूहरुको महत्वपूर्ण तीर्थस्थल सालीनदीलाई र धार्मिक पर्यटकीय स्थालको रुपमा विकास गर्ने योजना कुन्ती पोख्रेलले ल्याएकी छिन् त्यसकारण पनि उनलाई जिताउन आवश्यक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *