४ महिनामा बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा, कुन बैंकले कति दिए ?

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले थप ४७ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म यी बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब प्रवाह भएको छ ।

चालु आर्थिक वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन वाणिज्य बैंकहरुले मात्रै सवा ५ खर्ब रुपैयाँ प्रवाह गर्नुपर्छ । तर सुरुवाती ४ महिनामा जम्मा ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुले लक्ष्य भेटाउन नसक्ने देखिएको छ । लक्ष्य भेटाउन ४ महिनामा औसत १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ ।

बैंकहरुको निक्षेप संकलनमा आएको सुस्तताको असर कर्जा प्रवाहमा देखिएको छ । ४ महिनामा जम्मा २२ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । असार मसान्तसम्म कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेकोमा कात्तिक मसान्तसम्म आउँदा ४५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार यो ४ महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । सो बैंकले मात्रै ४ महिनाको अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कर्जा वृद्धि गरेको हो । केही बैंकको कर्जा प्रवाह असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आउँदा घटेको छ । सो अवधिमा एनसीसी बैंकको कर्जा सबैभन्दा धेरै ९ अर्ब ४२ करोडले घटेको छ ।

कुन बैंकले कति बढाए कर्जा ?

बैंककर्जा असार मसान्तकर्जा कात्तिक मसान्तफरक रकम
कृषि विकास१ खर्ब ७८ अर्ब ५५ करोड१ खर्ब ७७ अर्ब ९३ करोड–६२ करोड
बीओके१ खर्ब ६ अर्ब ७२ करोड१ खर्ब ५ अर्ब १२ करोड–१ अर्ब ६० करोड
सेन्चुरी९१ अर्ब ४७ करोड८७ अर्ब ६१ करोड–३ अर्ब ८६ करोड
सिटिजन्स१ खर्ब ३५ अर्ब ७७ करोड१ खर्ब ४० अर्ब २० करोड४ अर्ब ४३ करोड
सिभिल८७ अर्ब १८ करोड८७ अर्ब ३३ करोड१५ करोड
एभरेस्ट१ खर्ब ५४ अर्ब ५५ करोड१ खर्ब ५८ अर्ब ३ करोड३ अर्ब ४८ करोड
ग्लोबल२ खर्ब ७२ र्ब २१ करोड२ खर्ब ७३ अर्ब ५५ करोड१ अर्ब ३४ करोड
हिमालयन१ खर्ब ५६ अर्ब ४५ करोड१ खर्ब ६२ अर्ब २२ करोड५ अर्ब ७७ करोड
कुमारी१ खर्ब ५९ अर्ब ४४ करोड१ खर्ब ६१ अर्ब ३१ करोड१ अर्ब ८७ करोड
लक्ष्मी१ खर्ब ३२ अर्ब ५७ करोड१ खर्ब ३१ अर्ब ६२ करोड–९५ करोड
माछापुच्छ्रे१ खर्ब २९ अर्ब ६१ करोड१ खर्ब ३४ अर्ब ५४ करोड४ अर्ब ९३ करोड
मेगा१ खर्ब ५० अर्ब ४ करोड१ खर्ब ५३ अर्ब ४ करोड३ अर्ब
नबिल३ खर्ब ९ अर्ब ६ करोड३ खर्ब १५ अर्ब ८२ करोड६ अर्ब ७६ करोड
नेपाल१ खर्ब ८० अर्ब ८२ करोड१ खर्ब ७८ अर्ब ६ करोड–२ अर्ब ७६ करोड
एनसीसी१ खर्ब २६ अर्ब ९३ करोड१ खर्ब १७ अर्ब ५१ करोड–९ अर्ब ४२ करोड
इन्भेस्टमेन्ट१ खर्ब ६८ अर्ब १६ करोड१ खर्ब ७९ अर्ब ३३ करोड११ अर्ब १७ करोड
एनआईसी२ खर्ब ६८ अर्ब २४ करोड२ खर्ब ७० अर्ब ९३ करोड२ अर्ब ६९ करोड
एनएमबी१ खर्ब ८२ अर्ब ९ करोड१ खर्ब ८८ अर्ब ३८ करोड६ अर्ब २९ करोड
एसबीआई१ खर्ब १० अर्ब ६९ करोड१ खर्ब १७ अर्ब ६३ करोड६ अर्ब ९४ करोड
प्रभु१ खर्ब ५० अर्ब ४१ करोड१ खर्ब ५५ अर्ब ८१ करोड५ अर्ब ४० करोड
प्राइम१ खर्ब ५४ अर्ब ९५ करोड१ खर्ब ५४ अर्ब २० करोड–७५ करोड
राष्ट्रिय वाणिज्य२ खर्ब २८ अर्ब ६५ करोड२ खर्ब २७ अर्ब ५९ करोड–१ अर्ब ६ करोड
सानिमा१ खर्ब ४० अर्ब ८३ करोड१ खर्ब ४७ अर्ब ७१ करोड६ अर्ब ८८ करोड
सिद्धार्थ१ खर्ब ८६ अर्ब ९ करोड१ खर्ब ८३ अर्ब ७८ करोड–२ अर्ब ३१ करोड
स्टान्डर्ड८९ अर्ब ५९ करोड८९ अर्ब ३२ करोड–२७ करोड
सनराइज१ खर्ब २३ अर्ब ७७ करोड१ खर्ब २३ अर्ब १ करोड–७६ करोड
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *