प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशीलाई भुक्तानी गर्यो


काठमाडौं । प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई एक अर्ब ३४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले उक्त जलविद्युतमा भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत उक्त जलविद्युत कम्पनीलाई सो बराबरको रकम भुक्तानी गरेको हो ।जलविद्युत आयोजना निर्माण स्थल भोटेकोशी नदीमा अविरल वर्षा तथा बाढीले भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत एक अर्ब चौतीस करोड उनासी लाख छयालीस हजार आठ सय एकहत्तर रुपैयाँ अमेरिकी डलर १ करोड ३ लाख ३५ हजार ४३० र ७० सेन्ट मात्र बराबर भुक्तानी गरिएको छ, इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले बताए । उनका अनुसार इन्स्योरेन्सले मंसिर १९ गते भुक्तानी गरेको हो । एन्डन्ट्ज हाइड्रो प्रा.लि तथा मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्रिमियर इन्स्योरेन्समा इरेक्सन अल रिस्क बीमा गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *