कुमारी बैंकको कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा


काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सक्नेछन् ।
श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक सेयरमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
कुमारी बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ्ग ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *