बुद्ध एयरले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थतलबाट उडान भर्ने


काठमाण्डौं । बुद्ध एयरले आन्तरिक उडान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । जनवरी १ देखि बुद्ध एयरको सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गरिने भएकाले यात्रुलाई निश्चित समयमा चेक–इनका लागि एयरलाइन्सले अनुरोध गरेको छ । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि सञ्चालनमा आउन लागेको छ । नयाँ विमानस्थल भौतिक पूर्वाधारले राम्रो रहेको छ भने आईएफआर प्रविधि पनि जडान गरिएको छ । जसले गर्दा अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ । बुद्ध एयर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्न पूरा तयारी गरेको जनाएको छ । यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखेको छ । यात्रुहरु जहाज र टर्मिनल भवन आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धका लागि चेक–इन काउण्टर नं. ३, ४ र ५ तोकिएको एयरलाइन्सले जनाएको छ लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई चेक–इन गर्न बुद्ध एयरले अनुरोध गरेको छ । नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुहरु टिकटमा उल्लेख गरिएको समयभन्दा २ घण्टा अगवौ विमानस्थल पुगि चेक–इन गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ । बुद्ध एयर यस विमानस्थलबाट काठमाडौं जस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लाने विज्ञप्तिमार्फत जनाएको छ । नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरी देखि रात्रीकालिन उडान पनि गर्नेछ । अन्तर्राष्ट्रियतर्फ अनुमति पाए लगत्तै बुद्ध एयर पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ । बुद्ध एयरसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज रहेको निकट भविष्यमै बुद्ध एयरले थप ३ वटा एटीआर–७२ भित्र्याउन लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *