वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठ गएनन् मन्त्रालय


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गरे । त्यसपछि भने उनी फर्किएर मन्त्रालय गएका छैनन् । सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका उनी बिहीबार पनि गएनन् । तर उनले पार्टीका नेताहरुसँग भने निवासमै भेटवार्ता गरिरहेका छन् । त्यसैले श्रेष्ठ मन्त्रालय नजानुको कारण वरीयताक्रममा असन्तुष्टि पनि भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् । एक नेताका अनुसार उपप्रधानमन्त्रीहरुमा आफ्नो पहिलो वरीयता हुनुपर्ने श्रेष्ठको दाबी छ । हाल मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ०६७ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका थिए । एमाले उपाध्यक्ष पौडेल २०७८ मा केपी शर्मा ओली नेतृृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा पनि श्रेष्ठ पार्टीको छैटौं र पौडेल नवौं वरीयतामा थिए । तर अहिले प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीमध्ये पौडेललाई पहिलो वरीयतामा राखिएपछि श्रेष्ठ असन्तुष्ट रहेको माओवादी केन्द्र स्रोत बताउँछ । स्रोतका अनुसार श्रेष्ठले वरीयतामा असन्तुष्टि जनाउँदै शपथ लिन नै आनाकानी गरेका थिए । श्रेष्ठको असन्तुष्टि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको छ । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राजनीतिक र राजकीय रुपमा पनि यो मिलेन भन्ने उहाँको कुरा जायज हो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *