सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प


काठमाण्डौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प पुस २० गतेदेखि पुस २२ गतेसम्म उक्त क्याम्पको आयोजना गर्ने भएको हो।  जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले गाडीलाई राम्रो अवस्थामा राखिराख्न उक्त क्याम्प सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जीत्न सक्ने कम्पनीले बताएको छ। सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने कम्पनीको भनाइ छ।  कम्पनीका अनुसार एसडिटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकहरूले ५० प्रतिशत छुट पाउनेछन् भने इन्जिन कुलिंग, एसी ,हिटर सम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन्।  साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने कम्पनीको भनाइ छ। सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। हाल कम्पनीको ५४ सर्भिस आउटलेट सञ्चालनमा रहेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *