वर्ल्डलिंकलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड


काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिंकले पाएको छ । कर्पोरेट क्लब नेपालले इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो । निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड प्रदान गरिंदै आएको छ । यसबाट समाजमा सबैको मनोवल बलियो पार्नुको साथै राम्रो काम गर्न प्रेरित र प्रोत्साहन समेत गर्ने आयोजकको अपेक्षा छ । अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वर्ल्डलिंकले देखाएको प्रतिवद्धता, ग्राहक सङ्ख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको सङ्ख्या, सेवाको पहुँच क्षेत्र आदिलाई आधार बनाइएको थियो । यसका साथै कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिम, स्थानीय प्रतिभाको कदर, व्यवसायिक सामाजिक उत्तरदायित्व जस्ता विषय समेत अवार्डका लागि मूल्यांकन गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *